अभया चक्रधर
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु, काठमाडौं ।
यो समाजले केही भन्ला कि भन्ने पिर बोकेर
आफ्ना चाहनाहरूलाई एकातिर पन्छ्याएर
परिवारका सदस्यको आवश्यकता पूरा गर्न
हरपल हरपल तत्पर रहने
एक मात्र कल्याणी हुन् आमा ।
छोराछोरी झोला बोकेर आ-आफ्ना काममा पुगे पनि
उनीहरू आफ्नै धुनमा मस्तसँग रमाए पनि
हरपल हरक्षण मनमा सजाइरहने
हरपल हरक्षण सन्तानकै यादमा डुबिरहने
एक मात्र कल्याणी हुन् आमा ।
बाबा भन्नुहुन्छ, तिमी पनि यो घर छाडेर जाँदा
सलाइँको काँटीजस्तै निभ्नेछ उज्यालो यहाँ
तर, कर्मघर सम्हाल्नू है उसै गरी
जस्तो त्याग तिम्री आमाले यहाँ गरेकी छन्
खटेर हरेक क्षेत्रमा परिवारको
जस्तै बनेर तिम्री अटुट कल्याणी आमा !
जानु पर्नेछ हामी कतै टाढा छाडी उनलाई
छाड्नु नै पर्नेछ उनको काख मन नलाई नलाई
केही गरिनन् उनले कहिल्यै आफ्नो खुसी खोज्न
सधै रह्यो उनको ध्यान केवल हाम्रो खुसी रोज्न
आफू दुख भोगी भोगी हाम्रा लागि रमाउने
कल्याणी हुन् माता शक्ति यत्रो सृष्टि चलाउने
कस्तो शक्ति उनीभित्र सधैं माया पलाउने
सन्तानका लागि हरदम आफ्नो मुटु जलाउने ।