आमा हुन् हाम्री, संसारकै राम्री
मायाकी खानी, आँखाकी नानी !
जन्माइन्, हुर्काइन्, बढाइन् उनले
आफ्नो काखमा सुताइन् उनले
जति दुःख सहनु परे पनि माया दिई
स्नेहको न्यानो काखमा हुर्काइन् उनले ।
आमा हुन् हाम्री पहिलो गुरु
आमाबाटै हुने गर्छ हाम्रो पढाइ सुरु
मायाकी खानी आँखाकी नानी
आमाबिनाको संसार हुँदैन सुरु ।
कोपिलाजस्तै थिएँ म पहिले पहिले
हुर्काएर सुन्दर फूल बनाइन् अहिले
आमा हुन् महान् हाम्री भगवान् सरी
हँसाउनु छ उनका इच्छा पूरा गरी !