r

हाम्रो अनुपम होली

प्रियाम्सु पुडासैनी
कक्षा : ९
 

आयो फागु फेरि फर्की,
खुसीको रङ बोकी,
दुःख-पीडा सबै हर्दै,
माया बाँड्न हो कि ?

जताततै उमङ्ग त्यस्तै,
हर्ष अनि उल्लास छ,
धर्ती पनि मख्ख परी,
हाँसी खुसी बिन्दास छ ।

सयौँ थरी रङ्ग सरी
उज्ज्वल मुहार सबैको आज,
माया, प्रेम, स्नेह मात्रै,
छैन रिस कसैको माझ।

रङ्गीन जलले निथ्रुक्क भिजी,
अबिर दली मन खोली,
थाक्दैन तन आज छिट्टै,
नसकी यो रमाइलो होली ।

नील गगन, स्वच्छ पवन,
फूलझैँ ढकमक्क छ,
चराचरीको चिरबिरसँगै,
धर्ती यो गमक्क छ ।

मिठाई मिष्ट, नसा भाङको,
चञ्न्चल छ मन फुरुङ्ग,
स्वदेश-परदेश सबतिरको यो
माहोल खुसी उमङ्ग ।

बच्चादेखि ती बुढाबुढीसम्म,
थामिएन मन कसैको आज,
हरेक मानिसको शिरमा त्यहाँ
चम्किला ती खुसीका ताज ।

आजको जस्तै सधैं रहोस्
एकता खुसीको घेरो,
मनैदेखिको मायाप्रेमले,
शुभकामना छ मेरो।
महान् होलीको रङ्ग भरेर
शुभकामना छ मेरो ।।

 

Contact us

Dallu Awas
Kathmandu, Nepal
Sun - Fri
9:00 am to 5:00 pm
Follow us