आगामी असोज १९ गते सोमबारदेखि कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि Online Live Classes सुरु हुन लागेको छ।
यस अनलाइन कक्षाहरुमा सहभागी हुनका लागि अपनाउनु पर्ने प्रक्रियाहरु तल दिइएका छन्।
१. मोबाइलबाट कक्षा लिनका निम्ति DN Student App डाउनलोड गर्नुहोस्।
२. तपाईलाई पठाइएको Username तथा Password राखेर लग ईन ( Log In ) गर्नुहोस्।
३. Online Class लेखिएको बटनमा ट्याप गर्नुहोस् ।
४. तपाईले Zoom र Teams भनेर देख्नुहुनेछ । यसमा Zoom मा ट्याप गर्नुहोस्।
५. हप्ताभरिको समय तालिका तपाईले यस खण्डमा देख्नुहुनेछ।
६. मिति र समय हेरेर, आफ्नो कक्षा मा सहभागि हुन JOIN बटनमा ट्याप गर्नुहोस् ।
१. ब्राउजरबाट कक्षामा सहभागि हुनका लागि, यस लग इन पेजमा जानुहोस् ।
२. दिइएको Username तथा Password राखेर लग ईन ( Log In ) गर्नुहोस् र लग इन गर्नका लागि Admin लेखिएको ठाउमा Students/Parents मा क्लिक गर्नुहोस्।
३. लग इन भइसके पछि, Start Online Class बटनमा क्लिक गर्नुहोस्।
४. खोजिएको मितिको कक्षा नभेटिएमा "Load More" बटनमा क्लिक गरि आफ्नो मिति र समयको कक्षामा "Join" गर्नुहोस्।
५. कक्षामा Join गर्न, तपाईको डिभाइसमा Zoom Client Installed भएको हुनु पर्नेछ।